२४ जेष्ठ २०७९, मंगलवार १४:०५

काठमाडौंको फोहोरमाथि ‘फोहोरी राजनीति’, बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै


काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँठाउँमा रोकेका छन् ।

प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिइसकेको छ ।

यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।

सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

बालेन्द्र शाहको पछिल्लो क्रेजले दलीय संयन्त्र डराएको थियो । मेयर बालेन्द्र शाहलाई नै असफल बनाउन सम्पूर्ण दलीय प्रतिनीधि फोहोर व्यवस्थापनको विरुद्धमा लागेको विज्ञहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि