२४ जेष्ठ २०७९, मंगलवार १४:१९

काभ्रेमा सहकारी व्यवस्थापन प्रमुखहरुको गोष्ठी हुँदै


काभ्रे । काभ्रे जिल्लामा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी हुने भएको छ । असार ५ र ६ गते जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यवस्थापनमा २ दिने कार्यशाला गोष्ठी हुन लागेको हो ।
सहकारी क्षेत्रमा देखिएका संकटहरुलाई नयाँ र समान्य अवस्थामा अंगाल्दै, चुनौतीहरुलाई अवसरका रुपमा बदल्दै सहकारी अभियानलाई थप मजबुद बनाउने अपेक्षा सहित जिल्ला सहकारी संघ काभ्रेले पहिलो पटक सहकारी ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीको आयोजना गरेको हो ।
सहकारी संघ संस्थाहरुको वित्तीय व्यवस्थापन पक्ष र व्यवस्थापकीय क्षमताको विकासलाई बिशेष महत्व दिई सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी जोखिम न्यूनिकरण र नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरी सहकारी अभियानलाई सुरक्षित र सेवामुखी बनाउन उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताइएको छ ।
संकटपछि नयाँ सामान्य अवस्था अंगाल्दै सहकारी भन्ने थिम सहित होटल सारथी धुलिखेलमा असार ५ र ६ गते दुई दिन हुन लागेको सहकारी प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीमा भरीका १५० सहकारी संघ संस्थाका जना व्यवस्थापन प्रमुखहरुको सहभागिता गराउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि