लक्ष्मी महिला साकोसले गर्यो विश्व वातावरण दिवसमा वृक्षारोपण कार्यक्रम
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी महिला साकोसले चौकोट खड्पु वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मैयाँ महत, प्रमुख सल्लाहाकार निवर्तमान अध्यक्ष तिर्थमाया प्रधान, संचालक समितिका पदाधिकारीहरु, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु, कर्मचारीहरु तथा शेयर सदस्यहरुको उपस्थितमा रहेको थियो ।