१ असार २०७९, बुधबार १५:२४

मनास्लु साकोसका सदस्यलाई भोमी अस्पतालमा छुटै छुट


काभ्रे । मनास्लु बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले भोमी अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।
भोमी अस्पतालको पहिलो बार्षिक उत्सवको अवसरमा भोमी अस्पताल र मनास्लु साकोसबीच स्वास्थ्य सेवामा छुट सहितको सम्झौता भएको हो । मनास्लु साकोसका सदस्यहरुलाई ल्याब र फार्मेसी सेवामा १० प्रतिशत छुट, अन्तरङग तथा बहिरङ्ग सेवामा २० प्रतिशत छुटको सहमति भएको मनास्लु साकोसका अध्यक्ष अजय हुमागाईले जानकारी दिनुभयो ।


यस्तै जेष्ठ नागरिक सदस्य र बाल बचतकर्ताहरुमा अन्तरङ्ग सेवामा २० प्रतिशत छुट दिइने समेत सम्झौता पत्रमा उल्लेख छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा दाहाल, अस्पतालका कार्यकारी निर्देशक सगुन कायस्थ, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख चक्रराज जोशी लगायत नगरमा निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि