२१ श्रावण २०७९, शनिबार १५:२२

कोशीमा भीषण बाढीपछि ‘हाई अलर्ट’ जारी


Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT

सुनसरी । कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव रहेको थियो ।
बाढीको मात्रा बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने बताइएको छ । कोशीको श्रीलंका टापुमा भने जोखिम बढाएको र सो क्षेत्रमा बाढीले असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेका छन् । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको बताइएको छ ।
कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि