३१ श्रावण २०७९, मंगलवार ०७:४२

परोपकार महिला साकोसको स्थापना दिवसमा विद्यालयलाई स्टेशनरी प्रदान


दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था स्थापनाको ११ औं वर्ष पूरा भई १२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले हरेक स्थापना दिवसमा सामाजिक कार्य गर्दै आई रहेको छ । १२ औं स्थापना दिवसको अवसरमा पनि भिमेश्वर नगरपालिका वडा नं. ९ स्थित बुद्व प्राथमिक विद्यालयका ४० जना विद्यार्थीहरूका लागि स्टेसनरी तथा खेलकुदका सामग्री प्रदान गरेको छ ।
संस्थाले सो अवसरमा कपी ४० दर्जन, पेन्सिल २० दर्जन, डट्पेन २० दर्जन, लुडो २ वटा, व्याडमेन्टन २ थान र भलिबल १ थान प्रदान गरेको हो ।


संस्थाका सञ्चालक समिति र कर्मचारीको उपस्थितिमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विधालयकी प्र.अ. जुना विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति सदस्य जितबहादुर तामाङ र सहकारी संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाईले सञ्चालन गर्नुभएको थियो ।
संस्थाले यस अवधीसम्म आईपुग्दा १९ सय ४६ शेयर सदस्य र ३९९ जना वाल बचतकर्तालाई वित्तिय सेवा दिन सफल भएको छ । संस्थाको २०७९ अषाढ मसान्तसम्म कूल पूँजी १४ करोड १२ लाख, ४० हजार पुगेको छ । संस्थाले यस अवधिमा सदस्यहरूलाई बचत ऋणको अलवा विभिन्न सीपमूलक र सामाजिक कार्य गर्दै आएको छ । संस्थाले नेफ्सकूनबाट सञ्चालित जोखिममा आधारि साकोस सुपरिवेक्षण कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूंचकहरूलाई पूरा गराउदै लाने प्रयास गरिरहेको जनाएको छ ।
संस्थालाई यो गतिमा ल्याउन मूख्य भूमिका निर्वाह गर्ने संस्थाका शेयर सदस्य, बाल बचतकर्ता लगायत संस्थामा कार्यरत कर्मचारी, सञ्चालक समिति, विभिन्न उप समिति तथा सम्पूर्ण सहकारी अभियान तथा शुभ चिन्तकहरूमा अध्यक्ष सापकोटाले आभार व्यक्त गर्नुभयो । साथै आगामी दिनमा संस्थालाई अझ गतिमा र्पुयाउन सदस्यहरूको उल्लेखनीय भूमिका रहने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि