१ भाद्र २०७९, बुधबार ०७:३९

नेफ्स्कुन पत्रकारिता पुरस्कार नेपालपत्रन्युजका सम्पादक खड्कालाई


नेफ्स्कुनले हरेक वर्ष प्रदान गर्दै आएको नेफ्स्कुन पत्रकारिता पुरस्कार यस वर्ष नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ ।
नेफ्स्कुनको ३५औं स्थापना दिवसको अवसरमा आज आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो । नेफ्स्कुनका पुरस्कार उपसमिति संयोजक एवं निवर्तमान अध्यक्ष डिबी बस्नेतले घोषणा गरेका हुन् । स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कुनले जनाएको छ ।
विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका विविध विषयवस्तुमा खड्काले कलम चलाउँदै आएका छन् । सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवद्र्धन एवं खबरदारीमा उनको योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि