२५ भाद्र २०७९, शनिबार २०:४९

युएम साकोसको ११ औं साधारण सभा सम्पन्न


काभ्रे । काभ्रेको व्यापारिक नगरी बनेपामा केन्द्रीय कार्यालय रहि काभ्रे र सिन्धुपाल्चोक जिल्लामा समेत सेवा केन्द्र सञ्चालन गरिरहेको युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमबीच साधाारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रामशरण श्रेष्ठ सभापतित्वमा भएको कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछे प्रमुख अतिथि रहेका थिए ।
संस्थाको आफ्नै भवनका साधारण सभा सम्पन्न गरेको हो । संस्थाले कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता सम्मान रोनिशा श्रेष्ठलाई, उत्कृष्ट बचतकर्ता सम्मान सुर्यरत्न शाक्यलाई, उत्कृष्ट बचतकर्ता सम्मान बिद्या मानन्धरलाई, उत्कृष्ट नियमित बचतकर्ता सिर्जना बज्बुललाई सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट जेष्ठ बचतकर्ता सम्मानबाट कान्छी भुजेल, उत्कृष्ट कारोबारकर्ता सम्मानबाट पुर्णराज खिचा, बिरेन्द्र धिनान्जुलाई सम्मान गरिएको छ ।
युएम साकोसले काभ्रे र सिन्धुपाल्चोक जिल्लामा ८ वटा सेवा केन्द्रबाट सेवा दिईरहेको संस्थाका प्रबन्धक रुसन श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि