१ आश्विन २०७९, शनिबार २०:३२

आभाष साकोसको १३ औं साधारण सभामा ४३ जना सदस्यलाई ४ लाख ७५ हजार सहयोग


काभ्रे । बनेपाको तीनदोबाटोमा केन्द्रीय कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले ४३ जना सदस्यलाई ४ लाख ७५ हजार सहयोग गरेको छ । संस्थाले सुरक्षा कोष अन्तर्गत सदस्यलाई उक्त रकम सहयोग गरेको हो ।
संस्थाको १३ औँ बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव प्रकाश कायस्थले संस्थाले संचालन गरेको सुरक्षा कोष अन्तर्गत आवद्ध सदस्यको कालगतिले मृत्यु भएका ३ जनाको परिवारलाई प्रति सदस्य १० हजार, क्यान्सर पिडित ३ जना सदस्यलाई प्रति सदस्य २५ हजार तथा विभिन्न रोग लागेका ३७ जना सदस्यलाई उपचार गर्न प्रति सदस्य १० हजार सहयोग गरेको जानकारी दिए ।
सभामा संस्थाको छोरी अभियान अन्तर्गत यो वर्ष २ जना सदस्यलाई २० हजार सहयोग गरेको पनि बताइएको थियो । उनले सदस्यहरुलाई सहकारी शिक्षा तालिमलगायतको कार्य गर्दै आएको जानकारी दिए ।
त्यसैगरी सभामा संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक वर्ष ०७८।०७९ को आर्थिक प्रतिवेदन तथा ०७९।८० को कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उनले यस आर्थिक वर्षमा ७१ करोड ६४ लाख १२ हजार ७ सय ३२ रुपैयाँको कुल कारोबार गरेको जनाए ।
त्यसैगरी संस्थामा ३ करोड ७० लाख ९८ हजार ८ सय रुपैयाँ शेयर पूँजी तथा ५८ करोड ५ लाख ३६ हजार १ सय ३२ रुपैयाँ बचत संकलन रहेको जानकारी दिए ।
संस्थाले ५६ करोड ६९ लाख २४ हजार ३ सय ५० रुपैयाँ ऋण लगानी गरी ७७ लाख ८९ हजार ५९ रुपैयाँ खुद मुनाफा गरेको सभालाई जानकारी गराए ।
संस्थाको जगेडा कोषमा १ करोड ९१ लाख ८७ हजार ८ सय ८७ रुपैयाँ रहेको जनाइएको छ । ५ हजार ८ सय ३२ सदस्य रहेको संस्थाको पनौति र भकुण्डेमा सेवाकेन्द्र रहेका छन् ।
संस्थाले एबिबिएस तथा एसएमएस अलर्ट र रेमिटेन्स सेवा प्रदान गर्ने गरेको जनाइएको छ । साधारण सभाले सदस्यका छोरा छोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीलाई समेत सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको सभापतित्वमा सम्पन्न सभामा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मालगायतले शुभकामना मन्तब्य राखेका थिए । सभामा संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले धन्यबाद मन्तब्य रखेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि