३ आश्विन २०७९, सोमबार २०:५३

बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न


साधारण सभाले सदस्यहरुलाई १४.५०% का दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा ३.५% र ऋणमा ३% दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रही चार वटा सेवाकेन्द्र कार्यालयमार्फत सदस्यहरुलाई सेवा दिई रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समुदायमा आधारित रही सदस्यहरुको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक साकोसको वार्षिक साधारण सभा क्षेत्रगत रुपमा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा सम्पन्न भएको हो । बनेपामा संस्थाका अध्यक्ष कैलाश केसी, धुलिखेलमा लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र नालामा सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
सभामा बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समतिकी सदस्य शर्मिला नेपालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गीता कुँवर क्षेत्रीले र प्रतिवेदन प्रस्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्काले र प्रतिवेदन प्रस्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य जयराम श्रेष्ठले, स्वागत मन्तव्य संचालक समिति सदस्य अनिला श्रेष्ठले र प्रतिवेदन प्रस्तुत सहसचिव प्रकाश भुर्तेलले प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८।०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु. १,७४,६५,५१,८२९।८१, कुल बचत रु. १,३२,२१,८४,४८४।६५, शेयर पूँजी रु. १४,८७,२९,९००।००, लगानीमा रहेको ऋण रु. १,३३,५४,६४,९९२।८७, संस्थागत पूँजी रु. ११,७६,२५,५२०।८८ र संचालन मूनाफा रु. ६,२१,६८,११७।२१ रहेको विवरण सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले प्रस्तुत गर्नुभएको थियो । सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

सभासमक्ष प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष रामहरि केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी, र सल्लाहकार श्री भैरव केसीले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्षहरुले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको र संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि, पेन्सील र पेन वितरण आगामी असोज ६ गतेदेखि वितरण गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले जानकारी दिनुभयो ।

बुडोल सामुदायिक साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि