५ आश्विन २०७९, बुधबार २२:५७

सुन्दरबस्ती साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न


पनौती । काभ्रेको पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले सहकारीसँग मिलेर आफूहरु काम गर्न इच्छुक रहेको बताउनुभएको छ । सभामा बोल्दै मेयर भण्डारीले सहकारीले बचत तथा ऋणको क्षेत्रमा मात्रै नभएर समग्र विकासमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।
सहकारीविज्ञ हरि बसिष्टले सहकारीको आन्दोलनको इतिहास लामो भएको बताउनुभएको छ । उहाँले सबै सहकारीलाई एउटै बास्केटमा हालेर सहकारीका बारेमा थप धारणा बनाउन नहुने बताउँदै सहकारीलाई विश्वव्यापी मन्दीले असर पारेपनि सामना गर्न सक्षम रहेको बताउनुभयो । सरकारले बैंक र सहकारीबीच विभेद गरेको बताउँदै केही बैकरहरुले सहकारीलाई डुबाउन हदैसम्मको कदम चालिरहेको बताउनुभयो ।
संस्थाको अध्यक्ष प्रमिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरेर बन्द सत्रले पारित गरेको छ ।
सभामा उत्कृष्ट बचतकर्ताहरु हिरामाया तामाङ, रोशनी श्रेष्ठ, हरिमाया श्रेष्ठ, भिमसेन थापा, लक्ष्मी श्रेष्ठ, शोभालक्ष्मी कर्माचार्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी सरिता सापकोटा र भगवती श्रेष्ठ सम्मानित गरिएको थियो ।
उत्कृष्ट ऋणी प्रेमबहादुर श्रेष्ठ, रेखा गौतमलाई सम्मान गरिएको थियो । संस्थाका प्रवन्धक रोशन चौलागाईले सहकारीले चुक्ता पुँजी २ करोड ४ लाख ३० हजार र २० करोड ६६ लाख ८८ हजार बचत गरी २५ करोड ६५ लाख लगानी गरेको बताउनु भयो ।
सुन्दरबस्ती साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि