६ आश्विन २०७९, बिहीबार २२:३२

श्री मनकामना साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको श्री मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साकोसका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे बचत संघका सल्लाहकार शम्भुलाल श्रेठ, जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष सोमप्रसाद हुमागाई लगातयको विशेष आथित्यता रहको थियो ।


सभामा साकोसका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन मार्फत साकोसको समग्र वित्तीय अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । हाल ८ हजार १ सय ६१ सेयर सदस्य रहेको साकोसको कुल वासलात रु. २ अर्ब ८ करोड पुगेको प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो । १ अर्ब ४९ करोड रुपैंया बचत, १ अर्ब ७४ करोड ऋण लगानी, ८ करोड ६८ लाख जगेडा कोष, ४ करोड ५७ लाख अन्य कोषहरु पुर्याएको साकोसले ५ करोड ५१ लाख रुपैंया नाफा गर्न सफल भएको जनाएको छ । साकोसमा ६ सय बालबचतकर्ता सदस्यहरु हुनुहुन्छ ।


साधारणसभा समारोहमार्फत साकोसका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार (बनेपा निस्ट कलेजबाट नेपाल भरका माध्यामिक विद्यालयबाट कक्षा १२ को विज्ञान विषयमा सर्बोत्कृष्ट ग्रेड ३.९६ जिपिए प्राप्त गर्न सफल) विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि