४ चैत्र २०७४, आईतवार १०:०४

नेपालसँग १९ रनले हारेपछि नेपाली क्रिकेटकाे सम्मानमा यस्ताे लेखेका थिए भारतीय मिडियाले


४ चैत । काठमाडौं

पपुवा न्युगिनलाई हराएर चार वर्षका लागि एकदिवसीयकाे मान्यता पाएपछि अहिले चारैतिर नेपाली क्रिकेटले प्रशंसा पाइरहेकाे छ । देशदेखि विदेशसम्म र क्रिकेटका हस्तीले समेत नेपाली क्रिकेटकाे तारिफ गरिरहेका छन् ।

तर, यस्तै सनसनी भारतीय टाेलीलाई नेपाली टिमले हराउँदा भारतीय मिडियाले नेपाली क्रिकेटकाे सम्मान यस्ताे लेखेका थिए ः

विश्वक्रिकेटलाई आश्चर्य पार्ने गरी विश्वक्रिकेटको पावरहावस भारतलाई हराएपछि नेपाली युवा क्रिकेट टिमलाई बधाई र शुभकामनाकाे ओइरो लागिरहेको छ । एसिसी यू १९ एसिया कप क्रिकेटमा टेस्ट मान्यताप्राप्त भारतलाई नेपाली टिमले १९ रनले हराएपछि देशमा मात्र होइन विदेश र भारतमैं पनि उत्तिकै चर्चा चलेको छ ।

नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले ८८ रनको महत्वपूर्ण इनिङस र चार विकेट पनि लिएपछि १८६ रन पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमा समेटिन पुग्यो । यस्तोमा नेपालले कुनै पनि प्रतियोगितामा पहिलोपटक भारतलाई हराउने इतिहास रच्न पुग्यो ।

यसै इतिहास रचिएको घटनालाई भारतीय संचारमाध्यमले पनि सनसनीपूर्ण रुपमा समाचार प्रकाशित, प्रसारित गरेका छन् । भारतीय चल्तीका एबिपीन्यूज, क्रिकेट कन्ट्रि, वाहक्रिकेट, वनइण्डिया, स्पोर्टर्सवालासहितका दर्जनौं अनलाइनले नेपाली टिमले भारतलाई १९ रनले हराएको विषयलाई निक्कै प्राथमिकतासाथ प्रस्तुत गरेका छन् ।

स्पोटर्सवाला अनलाइनले त कतिसम्म लेखेको छ भने । ‘भारतको नेपालले दिया ४४० भोल्टका झड्का, १९ रनो से हराते हुए पहली बार दर्ज की जीत’ भन्दै नेपाली टिमको प्रशंसा र सम्मानमा शब्द खर्चिएको छ ।

टिम इण्डियाका पूर्व खेलाडी राहुल द्रविडको प्रशिक्षणमा रहे पनि भारतीय टिम नेपालको सिकार भएको भन्दै भारतीय मिडियाले सनसनपूर्ण रुपमा लेखेका समाचारका केही नमूना यस्ता छन् :

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि