२३ जेष्ठ २०८०, मंगलबार / Tue Jun 6, 2023

मुलुक तरुणमय बन्यो­ : महासचिव शाही


जेठ ५, कालिकाेट

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मुलुक तरुणमय भएको बताएका छन् । एकैदिन ७७ जिल्लामै प्रशिक्षण कार्यक्रम अन्तर्गत कालिकोटमा भएको कार्यक्रममा उनले मुलुक तरुणमय भएको बताएका हुन् । नेपाल तरुण दल जिल्ला कार्य समिति कालिकोटले जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रम गरेको हो ।

नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमूख अतिथि समेत रहेका महासचिव शाहीले शनिबार मुलुकका ७७ वटै जिल्लाहरुमा तरुण प्रशिक्षण कार्यक्रम संचालन भएकाले मुलुक नै तरुणमय भएको बताए । उनले मुलुकभर संचालन गरिएको प्रशिक्षण कार्यक्रमले तरुण युवाहरुलाई नयाँ उर्जा र शक्ति प्राप्त भएको बताउदै उहाँले अब तरुण सशक्त भएर अगाडी बढ्ने बताए ।

उनले प्रशिक्षण मार्फत देसभरिका युवा तरुणहरुलाई अनुशासन र पार्टीको बिचार, सिद्धान्तका बारेमा बताउदै काँग्रेस बलियो बनाउन तरुण सक्रिय हुने बताए । उनले अब तरुण युवाहरु सिर्जनात्मक र कर्मशील हुने दाबी पनि गरे । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सहसचिव दमनबहादुर शाही, पार्टी प्रवक्त नगेन्द्र बिष्ट, नेपाल महिला संघका सभापती भद्धा शाही, नेविसंघका अध्यक्ष नेत्र शाही, तरुण नेता सुमित्रा बम, नेविसंघका उपाध्यक्ष जगतजंग बिष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि