२५ जेष्ठ २०८०, बिहिबार / Thu Jun 8, 2023

एकदिवसीयमा इतिहास बनाएपछि यसरी खेल्दै छ नेपालले पहिलो खेल


३ चैत । काठमाडौं
३० वर्षे क्रिकेट इतिहास एकदिवसयीयमा फड्को मारेको नेपाल आज उच्च मनोबलका साथ नेदरल्याण्डसँग भिड्दैछ । पपुपा न्गुगिनीलाई पराजित गरेर पाहिलोचोटी एकदिवसीय क्रिकेट खेल्ने पक्का गरेको नेपाल आज प्लेअफमा सातौं स्थानका लागि नेदरल्याण्डसँग खेल्न लागेको हो । नेपाली समय अनुसार आज दिउसो सवा एक बजे यो खेल हुनेछ । एकदिवसीयका लागि चार वर्षे मान्यता पाएपछि नेपाली टोलीको मनोवल उच्च भएको छ ।

जिम्बाबेमा भइरहेको छनोट खेलमा अफगानिस्तानसँगै दुई अंक भए पनि नेपालले रनरेटमा पछि पर्दै सुपरसिक्समा पुग्नबाट बन्चित भएको थियो । ५ मध्ये चौथो स्थानमा रहेपछि नेपालले प्लेअफमा पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो ।

नेपाललाई पपुवा न्युगिनीविरुद्ध जित दिलाउनका लागि दिपेन्द्रसिंह ऐरीले चार विकेट लिनुका साथै अर्धशतक प्रहार गरेका थिए । सन्दिप लामिछानेले पनि चार विकेट लिएपछि पपुपा न्युगिनीलाई नेपालले ११५ रनमैं रोकेको थियो । जवाफी ब्याटिङ नेपाली टोलीले ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । ओपनिङ नचले पनि ब्याटिङमा नेपालको मध्यक्रम चल्दा हङकङ र पपुवा न्युगिनीलाई नेपालले पराजित हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि