विरेन्द्र सेहवागले भने एकदिवसीय पाएर नेपालले चमत्कार नै गर्यो (भिडियोसहित)
६ चैत, काठमाडौं
नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएपछि विश्वभरबाट बधाई र शुभकामनाको ओइरो नै लागिरहेको छ । यस्तै बेला भारतीय क्रिकेटर विरेन्द्र सेहभागले नेपाली क्रिकेटको टिमको प्रशंसा गर्दै खुशी व्यक्त गरेका छन् । एक भिडियो सन्देश दिंदै सेहवागले नेपालले चमत्कार नै गरेको टिप्पणी गरेका छन् ।
‘नपालले चमत्कार गरेको छ । नेपाल एकदिवसीय क्रिकेटको दर्जा पाउँन सफल भएको छ । यो भन्दा अघि नेपालको अन्डर १९ टिमले भारतको अन्डर १९ टिमलाई हराएको थियो’ नेपाली क्रिकेटलाई पछ्याउँदै आएका उनले भनेका छन्, ‘त्यो म्याच हेर्दा बडो मज्जा आएको थियो । नेपालले बडो गज्जवको क्रिकेट देखाएको थियो । नेपालका जनता सारै प्यारा छन् ।’
उनले अहिलेसम्म नेपाल नगएको भन्दै नेपाली मिजासिला, राम्रा रहेको भन्दै नेपाल आउँने इच्छा व्यक्त गरेका छन् । ‘म कहिल्यै नेपाल गएको छैन । तर, योपटक नेपाल जाउँ, घुमौं र त्यहाँको जनतासँग भेटौं नै भन्ने लागेको छ । नेपाल एकदमै राम्रो देश हो । नेपालका जनता पनि एकदमै राम्रा छन् ।’ उनले भनेका छन् ।
भारतको छिमेकी देश नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउँनु एकदमै राम्रो हो भन्दै उनले भनेका छन्, ‘अर्को एक छिमेकी देशले एकदिवसीय क्रिकेट खेल्नु भनेको हामी सबैको लागि राम्रो हो । यो देशले हामीसँग एकदिवसीय क्रिकेट खेल्यो भने हामी सबैको लागि राम्रो हुन्छ ।’
सेहवागले भिडियो सन्देशमा यस्तो भनेका छन्
नपालले चमत्कार गरेको छ । नेपाल एकदिवसीय क्रिकेटको दर्जा पाउँन सफल भएको छ । यो भन्दा अघि नेपालको अन्डर १९ टिमले भारतको अन्डर १९ टिमलाई हराएको थियो । त्यो म्याच हेर्दा बडो मज्जा आएको थियो । नेपालले बडो गज्जवको क्रिकेट देखाएको थियो । नेपालका जनता सारै प्यारा छन् । म कहिल्यै नेपाल गएको छैन । तर, योपटक नेपाल जाउँ, घुमौं र त्यहाँको जनतासँग भेटौं नै भन्ने लागेको छ । नेपाल एकदमै राम्रो देश हो । नेपालका जनता पनि एकदमै राम्रा छन् । नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउँनु एकदमै राम्रो हो । अर्को एक छिमेकी देशले एकदिवसीय क्रिकेट खेल्नु भनेको हामी सबैको लागि राम्रो हो । यो देशले हामीसँग एकदिवसीय क्रिकेट खेल्यो भने हामी सबैको लागि राम्रो हुन्छ ।
सेहवाकाे भिडियाे सन्देश यस्ताे छ ः