‘निर्वाचन अयोगद्धारा निर्वाचन कार्यक्रम सार्वजनिक, नेपाली काँग्रेसको चर्को विरोध’
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको कार्यक्रममा दुई चरणको निर्वाचन, उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका बुँदा समेटिएका छन् ।
दुवै निर्वाचन प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते नै शुरू गरिने आयोगको कार्यक्रममा उल्लेख छ ।
मन्त्रिपरिषद्को सिफारिसमा गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते पहिलो चरणको र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।
सरकारको कदम असंवैधानिक भन्दै सर्वोच्च अदातलमा दायर मुद्दामाथि सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ ।
यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी केपी शर्मा ओली सरकारकै निणर्यलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुर्नस्थापित गरिरिदएको थियो ।
आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय दिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको निणर्य आउनुअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।