१५ बैशाख २०८१, शनिबार / Sat Apr 27, 2024

महाधिवेशनलगत्तै देशलाई चुनावमा लाने काङ्ग्रेसको दाउ, के होला सत्ता गठबन्धन ? (हेर्नुहोस्)


काठमाडौं,। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।
काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गर्ने र उनीसँग रणनीतिक चार्तुयतालाई निरन्तरता दिदै सभापति जित्ने देउवाको दाउ देखिन्छ । पार्टीभित्र पकड कायमै राखेको रिपोर्टका आधारमा उनले बालुवाटारमा सभापति फेरि उठ्ने उद्घोष गरे ।
देउवाले सत्ता गठबन्धन लामो समय नजाने संकेत पनि गरेका छन् । उनले गठबन्धन दलहरुबीच चुनावी समिकरणबारे पनि महत्वपूर्ण कुरा गर्दै आगामी स्थानीय र आमनिर्वाचनसम्म त्यो यथावत नरहने स्पष्ट पारेका छन् ।
काँग्रेसभित्र पकड बलियो बनाएलगत्तै देउवाको पछिल्लो अभिव्यक्ति आएको छ । यसबाट उनले भन्दै आएको अर्ली इलेक्शनको पनि संकेत गरेका छन् ।
२८ मंसिरमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभामा टेबुल हुँदैछ । यसबारे गठबन्धन दलभित्रै मतभिन्नता छ । एमसीसी पारित गर्ने या नगर्ने विषयले टकराव हुँदा गठबन्धन टुट्ने सम्भावना पनि छ । योसँगै देउवाले देशलाई फेरि चुनावमा लाने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि