१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

‘रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै नै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा. स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरे ।
उनले भने – ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् । तर बुझेका सबैजना राजनीतिमा हामफाल्न आउँदैनन् । त्यो आँट र साहस राख्दैनन् । किनकि राजनीतिभित्र अपराधीकरण हो वा अपराधीहरु राजनीतिमा हुन भन्ने अवस्था छ । राजनीतिको त्यो फोहोरमा, त्यो हिलोमा हत्तपत्त मानिसलाई आउन मन लाग्दैन । मानिसहरु आफ्नो परिवारको भविष्य चाहन्छ सके देशमा नभए विदेशमा । आफ्नो परिवारको भविष्यका लागि कैयौँ मानिसहरु विदेशमा गइरहेका छन् । के सँधैभरी मुलुकको यही अवस्था भइरहने हो त ? अवश्य पनि हैन । क्षमतावान मान्छेहरुलाई राजनीतिमा ल्याएर उहाँहरुको विज्ञतालाई सदुपयोग गरेर यो देशको सुन्दर भविष्य कोर्न हामी सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि