१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन


मिडिया क्लब नेपाल, काठमाडौं । रुसले कोरोना भाइरसको पहिलो भ्याक्सिन बनाउन सफल भएको छ ।

अमेरिका, बेलायत जस्ता देशलाई पछि पार्दै रूसले बनाएको भ्याक्सिनको परीक्षण पनि सफल भएको छ । मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएर दर्ता गरिएको बताएका छन् ।

रूसी अधिकारीका अनुसार “गाम कोभिड भ्याक ल्योए” नामको यस भ्याक्सिनलाई पूर्वयोजना अनुसार रूसको स्वास्थ्य मन्त्रालय र नियमन संयन्त्रको अनुमति मिलेको छ । समाचार अनुसार यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइनेछ । रूसले एक महिनाअघि नै यस कुराको संकेत दिएको थियो । उसले त्यस बेला नै आफ्नो भ्याक्सिन परीक्षण चरणमा रहेको बताउँदै १० देखि १२ अगस्टबीचमा रजिस्टर्ड गर्ने जनाएको थियो । तर पनि यस भ्याक्सिनलाई लिएर बेलायत र अमेरिकाले भने अझै भरोसा गरेका छैनन् । रूसमा भ्याक्सिनको शूत्र चोरेको आरोप पनि लागिरहेको छ । विश्वको पहिलो यो भ्याक्सिनलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार गरेका हुन् । सेप्टेम्बरमा यसको उत्पादन थालेर अक्टोबरमा मानिसमा लगाउन थालिने छ । रूसी समाचार एजेन्सीका अनुसार मंगलबार देशका शीर्ष अधिकारीसँगको बैठकमा राष्ट्रपति पुटिनले भने, ‘जहाँसम्म मलाई थाहा छ, आज बिहान दुनियाँमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट बचाउने एक भ्याक्सिन दर्ता भएको छ ।’ पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुरासको सँग यसबारेमा विस्तृत जानकारी लिएका छन् । मुरास कोले भने, ‘मलाई जानकारी दिए अनुसार यो भ्याक्सिनले कोरोनाविरुद्ध लड्न प्रभावकारी काम गरेको छ । यसले मानिसको शरीरमा एक राम्रो इम्युनिटी पैदा गरेको छ । म दोर्होयाएर भन्छु, यसका लागि हामीले सबै किसिमका आवश्यक ट्रायल पूरा गरेका छौं ।’

रूसको रक्षा मन्त्रालयका अनुसार भ्याक्सिन ट्रायलको परिणाम सार्वजनिक गरिएको छ । जसले मानिसको शरीरमा राम्रो रोग प्रतिरोधात्मक क्षमता विकसित गरेको छ । रुसले यो भ्याक्सिनले अहिलेसम्म कसैलाई पनि नराम्रो असर नगरेको जनाएको छ । रूसले कोरोनाको जुन भ्याक्सिन तयार गरिएको छ जसको क्लिनिकल ट्रायलमा शतप्रतिशत सफल भएको छ । ट्रायल रिपोर्ट अनुसार जुन स्वयमसेवकहरुमा यो भ्याक्सिसन दिइएको छ, उनीहरुको शरीरमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रूसद्वारा बनाइएको भ्याक्सिनलाई लिएर कयौं शंका जनाएको छ । संगठन भ्याक्सिनको तेस्रो चरणलाई लिएर शंकामा छ । संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमियरले पत्रकार सम्मेलनका क्रममा यदि यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणबिना नै लाइसेन्स दिएर उत्पादन थालिएको हो भने त्यो धेरै खतरनाक हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि