३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

‘सहकारीलाई बैङ्कसँग तुलना गरेर सन्दर्भ ब्याजदर निर्धारण’


मिडिया क्लब नेपाल, ब्युरो । केही दिनअघिमात्र सहकारी विभागले सहकारीको ब्याजदरको सिमा तोकिदिएको थियो । सोही ब्याजदरको सिमालाई लिएर सहकारीकर्मीहरुले विभिन्न तर्कहरू राखेका छन् । तर विभागको ब्याजदरसम्बन्धी अघिल्लो निर्णय अनुसार अहिले ब्याजदरको सिमा तोक्ने मापदण्ड गलत भएको विज्ञहरुले सुझाएका छन् ।

अहिले तोकिएको १४.७५ प्रतिशत सदन्र्भ ब्याजदरलाई पालना गर्ने हो र विभागले तोकेको ६ प्रतिशत स्प्रेडदर राख्ने हो भने सहकारीमा निक्षेपको ब्याजदर एकल अंकमा मात्रै सीमित राख्ने परिकल्पना विभागले गरेको छ । तर, यो परिकल्पना गरिएकै दिन नेपालकै ठूला र प्रतिष्ठित बैंकहरूले निक्षेपमा ९.५ प्रतिशतको ब्याजदर अफर गरिरहेका छन् ।

नेपालमा केही सहकारीहरूको बदमासीका कारण सहकारी संस्थामा पैसा राख्नु जोखिमपूर्ण मानिन्छ । सहकारी संस्थामा राखिएको पैसा बैंकमाभन्दा तुलनात्मक रुपमा जोखिमपूर्ण हुने भएकोले यसमा धेरै ब्याजदरको अपेक्षा राखिन्छ । अहिलेको मापदण्ड जस्ताको तस्तै पालना गर्ने हो भने सहकारीमा भन्दा बैंकमा निक्षेपमा ब्याज बढि हुनेछ । सहकारीमा निक्षेप राख्नेको संख्या ज्यादै न्युन हुनेछ । जसले गर्दा प्रारम्भिक सहकारी संस्थाको अस्तित्व नै सकिन पनि सक्छ, अथवा यस्तो अवस्था सिर्जना हुँदा ठुलो वित्तिय दुर्घटना पनि हुन सक्छ ।

त्यसो त, बजारमा अधिक तरलता भएका कारण अहिले बैंकहरूको ब्याजदर घटेको छ । तर, लकडाउन खुलेर कारोबार सुचारु हुँदैजाँदा ब्याजदर तत्कालै बढ्ने विज्ञहरुले बताउँदै आएका छन् । त्यही अनुमानका आधारमा अहिलेदेखि नै उच्च ब्याजदरको अफर गर्नतिर बैंकहरू लागेका हुन् ।
बैंकहरुलाई ब्याजदर आधार दरका आधारमा स्वतः घटबढ हुन्छ । तर, सहकारीको सन्दर्भ ब्याजदर ६ महिनामा मात्रै पुनरावलोकन हुने व्यवस्था छ । त्यसो त अहिले १३ महिना पछि मात्रै यसको समायोजन भएको हो । १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदरका कारण निकट भविष्यमै सहकारीको कर्जाको ब्याजदर समेत बैंकको भन्दा कम हुने अवस्था समेत आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि