१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

फर्केर हेर्दा २०८० : प्रवर्द्धन नहुँदा पनि उत्साहजनक पर्यटक आगमनको वर्ष


काठमाडौं । नेपालमा पर्यटक आगमन प्रवर्द्धन नै नगरे पनि प्राकृतिक वृद्धिको भरमा अहिले आएकै संख्यामा पर्यटक आउँछन् भन्ने गरिन्छ । पछिल्लो एक वर्ष नेपालले पर्यटन प्रवर्द्धनमा खासै खर्च गर्न नसक्दा बढेको तथ्यांकले समेत यही पुष्टि गर्छ । पछिल्लो एक वर्षमा १० लाख पर्यटक नेपाल आएका छन् । गत वर्ष चैत १६ देखि यो वर्ष चैत १५ सम्ममा आएका पर्यटक संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।

नेपालको प्रवर्द्धन गर्ने एकमात्रै निकाय पर्यटन बोर्डको प्रवद्र्धनात्मक गतिविधि चालु आर्थिक वर्षको साउनदेखि ठप्प छ । बोर्डले यो वर्ष पर्यटन प्रवद्र्धन नै गर्न सकेको छैन । विदेशमा गर्ने प्रवर्द्धनात्मक कार्यको लागि आवश्यक खर्च कार्यविधि नभएको भन्दै यो वर्ष प्रवद्र्धनको काम रोकेको हो । बोर्डले प्रवर्द्धन ठप्प बनाएकै वर्ष पनि पर्यटक आगमन भने गत वर्षको तुलनामा २ लाख ३६ हजारले बढ्नुलाई सकारात्मक रुपले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि