२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

श्री मनकामना साकोसद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रही विभिन्न जिल्लाबाट सेवा प्रदान गरिरहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालय शैक्षिक कार्यक्रम २०८१ अन्र्तगत बनेपा नगरपालिका वडा नं २ घिमिरेगाउँमा रहेको श्री श्वेत बराह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुमा शिक्षाप्रतिकोे रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्दै विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले विद्यार्थी र अभिभावकहरूलाई मनकामना सहकारी संस्थाका बारे जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको समेत उपस्थिति रहेको थियो । संस्थाले समुदाय र सदस्य केन्द्रीत भएर आफ्नो गतिविधिहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि