३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

परोपकार महिला साकोसको सामाजिक उत्तरदायित्व सहितको ‘व्यवसाय निरन्तरता योजना’


मिडिया क्लब नेपाल, दोलखा । दोलखाको चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ‘व्यवसाय निरन्तरता योजना’ पारित गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि ‘व्यवसाय निरन्तरता योजना’ पारित गरेको हो ।
कोभिड–१९ को महामारीको कारण नेपाल लगायत विश्वनै आक्रान्त भई समग्र अर्थतन्त्र नै शिथिल भईरहेको र नेपाली अर्थतन्त्र समेत यसबाट नराम्रोसँग प्रभावित हुन पुगेको परिस्थितिलाई मध्येनजर गरी संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरु समेत उक्त योजनामा समावेश गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनभयो ।
‘कोरोना भाईरसले सहकारीका आम सदस्य, कर्मचारी र संस्थालाई कसरी असर गरिरहेको छ, कुन–कुन क्षेत्रमा यसले जोखिम सिर्जना गरेको छ र उक्त जोखिम न्यूनिकरण गर्न संस्थाले कस्तो कस्तो पहलकदमी गर्नेछ’ भन्ने कुरालाई मुलभुत रुपमा योजनामा समेटिएको बताइएको छ ।

योजनाको मुख्य लक्ष्य यस्तो रहेको छ :

कोभिड–१९ को प्रकोपका बीचपनि संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्दै सदस्य सेवामा समर्पित रहने, सदस्यहरुलाई कोभिड १९ बाट बच्नको लागि सुरक्षात्मक तथा निवारणात्मक कृयाकलापमा संलग्न गराउने,
सदस्यहरुलाई महामारी लगायतका आकस्मिकताका लागि पूर्व तयारी गर्न लगाउने


कोभिड १९ को असर परीक्षणतथा सदस्यहरुको पछिल्लो वित्तिय सक्षमता पहिचान सम्बन्धी सर्वेक्षण समेत सम्पन्न गरी सो बाट प्राप्त भएको तथ्यांकहरुको आधारमा संस्थाले आ.व. २०७७÷०७८ को अनुमानित नगद प्रवाह प्रक्षेपण, ऋणी सदस्यहरुको ऋणफिर्ता गर्ने क्षमता तथा सदस्यहरुमा कोरोना भाईरसले पारेको आर्थिक, सामाजिक तथा मनौबैज्ञानिक असरको समेत पहिचान गरिएको पनि संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो । ‘व्यवसाय निरन्तर योजना’को लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कुन) को प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि