३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

एक्सप्रेस साकोसको बाह्रौ साधारण सभा सम्पन्न


बनेपा । काभ्रे जिल्लाको बनेपामा रहेको एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी विभागबाट जारी साधारण सभा संचालन सम्बन्धि निर्देशनको बुँदा नं. ७ लाई पालना गर्दै संस्थाको बाह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामा लगायत समिति उपसमितीहरुको उपस्थिीमा २०७७ असोज २१ गते देखि २८ गतेसम्म संस्थाको कार्यालयमा नै सामाजिक दुरी कायम गरि सदस्यहरुलाई बार्षिक प्रगती पुस्तिका उपलब्ध गराउँदै तथा अन्तरक्रिया गर्दै ७ दिनसम्मको अवधिसम्म ११५९ जना सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न गरेको थियो ।
सदस्यहरुले प्रतिबेदनको अध्ययन गरि विषयहरु उपर दिईएको सल्लाह सुझाव र प्रतिक्रियालाई संकलन गर्दै साधारण सभा निर्णय पुस्तिका तयार पारिने अध्यक्ष लामाले बताए । संस्थाले ११ औ वर्षलाई सफलतापूर्वक पार गरि १२ औ वर्षको यात्रामा प्रवेश गर्दै गर्दा धेरै सदस्यहरुको सद्भाव र विश्वास प्राप्त गरि संस्था १८ करोडको सम्पत्ति तथा दायित्वमा पुग्न सफल भएको छ । संस्था संस्थागत लगायत अन्य कोष बृद्धिमा ६.४६ प्रतिशत पु¥याउन सफल भएको छ । बचत तथा ऋणमा १५ करोड बराबरको कारोबार भएको छ । यस आ.व.मा संस्थाले ३५ लाख २९ हजार बचत गर्न सफल भएको छ । अध्यक्ष लामा भन्छन्, सानै होस् तर यथासंभव नियम कानुन र सहकारी ऐनलाई पालना गर्दै सदस्य सेवा र सुविधाको क्षेत्रमा अगाडी बढ्नेछौ ।
वित्तिय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीयस्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि