३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

बर्दिबास घटना : प्रहरीको गोली लागेका एक जनाको मृत्यु


महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षी सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि