५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘केपी ओलीले पदका लागि पार्टी फुटाए’


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पदका लागि पार्टी विभाजन गरेको आरोप लगाएकी छन् । चितवनमा नेकपा प्रचण्ड–माधव पक्षको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजनको लागि नै अध्यादेश ल्याएको उनले बताइन् । ‘वैशाखमै आफ्नो सहित अरु पार्टी विभाजनका लागि अध्यादेश ल्याउनुभयो । धेरै विवादमा परेपछि फिर्ता लिनुभयो’ उनले भनिन् ‘अहिले पार्टी विभाजनका लागि नै फेरि संसद विघटन गर्नुभयो ।’
पार्टी विभाजनकै लागि ओलीले सांसद अपहरण समेत गरेको आरोप लगाइन् । ‘अहिलेसम्म औपचारिक रुपमा पार्टी विभाजन भएको छैन, तर एक पनि छैन’ उनले भनिन्, ुहामी अहिले ‘ओलीको कदम विरुद्ध सडकमै छौँ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि