५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘नेपाललाई एमसीसीबारे अमेरिकासँग छलफलको अवसर’


काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति आएपछि अमेरिकी प्रशासनमा व्यापक परिवर्तन हुने विज्ञहरूले बताएका छन् ।
त्यसरी हेरफेर हुने क्रममा मिलेनियम च्यालेन्ज कर्पाेरेश (एमसीसी) को नेतृत्व पनि फेरिने सम्भावना रहन्छ ।
अमेरिकाका पूर्वराजदूत शंक शर्माका भन्छन् – ‘एमसीसीको नेतृत्व फेरिएमा नेपालमा विवादित बनेर हालसम्म पारित हुन नसकेको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) बारे नेपालले नयाँ प्रमुखसँग कुराकानी गर्न सक्छ ।’
उनले भने, ‘अमेरिकाले दिने वैदेशिक सहायतामा खासै भिन्नता हुँदैन । तर एमसीसीका लागि नेपाललाई छलफल गर्न एउटा झ्याल चाहिँ प्राप्त भएको छ ।’
‘एमसीसीका प्रमुख नयाँ आउने भएकाले केही कुरा गर्ने अवसर हुनेछ । पुनरवलोकन नै चाहिँ हुँदैन । संसद्बाट पारित गर्नु नपर्ने बनाउने वा केही समय उसले पर्खिन सक्ने हुनसक्छ ।’ – उनले थपे ।
नेपालमा राजनीतिक सहमति जुट्न नसक्दा एमसीसी संसद्बाट पारित हुन सकेको थिएन । अहिले प्रतिनिधिसभा विघटन भएकाले एमसीसीको भविष्य थप अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि