६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘प्रधानमन्त्री राजा र श्री ३ बराबर हो ?’


काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनीधि सभा विघटन सम्बन्धी मुद्दामा प्रधानमन्त्रीका निजी वकिलहरूको बहस सकिएको छ । सभामुखका कानुन व्यवसायीको बहस सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वाेच्च अदालतमा परेका मुद्दा माथिको सुनुवाइका क्रममा बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । ‘संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ’ उनले भने ।
राजा र श्री ३ (राणा शासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोर्होयाएका थिए ।
उनले प्रधानमन्त्रीलाई संविधानले अवशिष्ट अधिकार दिएकाले त्यो अधिकार रहेको तर्क गरेका थिए । अवशिष्ट अधिकार भएकाले नै प्रधानमन्त्रीले संसद् विघटन गरेको उनको भनाइ थियो । संवैधानिक इजलासले संविधान हेरेर निवेदन खारेज गर्नुपर्ने गौतमको माग थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि