२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

प्रधानमन्त्रीको जिल्ला ‘झापा’मा मौलायो यौनधन्दा


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा यौन ब्यापार मौलाउँदै गएको छ । कामको खोजीमा आएका युवतीहरुलाई बन्धक बनाई यौनधन्दा चलाएको आरोपमा दमकबाट नेपाल प्रहरीले दुईजना महिला समातेको छ ।
प्रहरीले घटनास्थलबाट १७ देखि ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार गरेसँगै यौन धन्दा हुने गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरी शनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको छ ।
दमक नगरपालिका-६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाई यौनधन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ ।
पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भनी बन्धक बनाएर यौन शोषण गराउँदै आएको बयान दिएको प्रहरीले बताएको छ । उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेश गरी आफन्तजनलाई जिम्मा लगाइसकेको बताइएको छ ।
पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि