१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

केयूको बजेट २ अर्ब ३८ करोड ५४ लाख, उपकुलपति थापाले ल्याए महत्वाकांक्षी योजना


Photo: Kathmandu University

काभ्रे । काठमाडौ विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ३८ करोड ५४ लाख बजेट सार्वजनिक गरेको छ ।
कुलपतिको अनुमतिमा उपकुलपति डा. भोला थापाको अध्यक्षतामा बैठक बसेर बजेट पारित गरेको विश्वविद्यालयले बताएको छ । बैठकले विश्वविद्यालयको श्वेत-पत्र समेत जारी गरेको छ । दशवर्षे रणनीतिक योजना बनाएर दुरगामी महत्वका दस्तावेज बनाएर अगाडि बढाउने उदेश्यले श्वेतपत्र जारी गरेको विश्वविद्यालयका उपकुलपति डा. थापाले जानकारी दिनुभएको छ ।
विश्ववद्यालयले दिगो आर्थिक व्यवस्थापनका लागि स्थापना गरेको अक्षय कोषलाई ५० करोड रुपैया पुर्‍याउने, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाएर नेपालका अन्य भूभागमा पनि विश्वविद्यालयको उपस्थिति देखाउने, नेपाल आयल निगमको सहकार्यमा ग्रीन हाइड्रोजन ल्यावको स्थापना गरी भविष्यमा हाइड्रोजन इन्धनको विकासमा मुख्य साझेदार बन्नेतर्फ काम भइरहेको बताइएको छ ।
प्रा डा. भोला थापा विश्वविद्यालयको उपकलपतिमा नियुक्ति भएको ५ महिनामा विभिन्न प्रोजेक्टसहित स्वदेश तथा विदेशका १५ वटा संस्थासंग सहकार्यका लागि सम्झौता गरिएको, आन्तरिक जनशक्तिलाई दक्ष र समर्थ गराउन शिक्षक तथा कर्मचारीलाई उपयुक्त स्थानमा पदस्थापन गरिएको, सबै प्रोफेसर र एसोसिएट प्रोफेसरलाई कम्तिमा एकजना रिसर्च फेलोका रूपमा पीएचडी, एमफिल मास्टर बाई रिसर्च तहमा भर्ना भएका अनुसन्धानकर्ताहरू उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्ने, धुलिखेल, चौकोट, हात्तिबन हातामा भौतिक निर्माण कार्य तत्काल शुरु हने, पाँचमाल र पनौती नगरपालिकाभित्र जग्गा प्राप्त गरी ती स्थानको उपयोगको योजना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि