२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

‘मेलम्ची बाढी : हिमाली क्षेत्रमा वर्षौदेखि थुप्रिएको गेगरान बग्दा कहालीलाग्दो बाढी’


काठमाडौं । मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा आएका दुइटा ठूला बाढीको निरीक्षण र प्रारम्भिक अध्ययन गरेपछि विज्ञहरूले अब नेपालका उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको अध्ययन आवश्यक रहेको बताएका छन् ।
कहालीलाग्दो बाढीको कारण तथा प्रभावबारे अध्ययन गरिरहेका विज्ञहरू उक्त विपद् केवल यो वर्षको वर्षा वा केही महिनामा विकसित परिस्थितिबाट उत्पन्न नभएको सङ्केत पाइएको निष्कर्षमा पुगेका छन् ।
उनीहरूले त्यसको कारण पत्ता लगाउन लामो समयअघिको भौगर्भिक अवस्थिति र घटनाक्रमको अध्ययन र मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
खासगरी उच्च हिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको बताइन्छ ।
हिमताल वा हिमनदीमा हिउँ जम्नु र पग्लिनुलाई अस्वाभाविक मानिँदैन । हिउँ पग्लिँदा दीर्घकालमा ताल वा नदी भएको ठाउँको सतह माथि सर्छ ।

त्यस क्रममा थुप्रिएको गेगरान हिमालय क्षेत्रभरि फैलिएको बताइन्छ ।
मेलम्ची खोलाको माथिपट्टि देखिएको चिज त्यही गेगरान हो । त्यसैले एउटा ठूलो सम्भावना गेगरान सक्रिय भएको हुन सक्ने देखिएको बताइन्छ ।
अहिले के कारणले गेगरान सक्रिय भयो भन्ने विषयमा विज्ञहरूले प्रारम्भिक अनुमान गरेका भए पनि स्पष्ट कारण भने पत्ता लागिसकेको छैन ।
बाढीको स्रोत मानिएको भेमाथाङमा खिचिएको एउटा भिडिओका आधारमा उनीहरूले त्यहाँ विभिन्न किसिमको गेगरानको सतह भएको सङ्केत पाइएको बताएका छन् ।
कहाँबाट आयो त गेगरान ?
हिमतालको बारेमा लामो समयदेखि अध्ययन गरेका काठमाण्डू विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख रिजनभक्त कायस्थले आफूले यसपालि त्यति धेरै गेगरान कहाँबाट आइपुग्यो भन्ने दृष्टिबाट हेरिरहेको बताए ।
भेमाथाङमाथिको क्षेत्र लाङटाङ हिमालको पश्चिमपट्टिको भागमा पर्ने गर्छ ।
अहिलेको ढुङ्गा, बालुवा र माटो मिसिएको लेदो बाढीको स्रोतको रूपमा पहिचान भएको ठाउँ भेमाथाङसम्मै २००-३०० वर्षपहिला हिमरेखा पुगेको हुनसक्ने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि