५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

सत्तासिन नेतामा ‘नैतिकताको अनिकाल’


काठमाडौं । संसद् अधिवेशन हठात् अन्त्य गरेर बदनियतपूणर् तरिकाले अध्यादेश ल्याइएको नेकपा एमालेको आरोप छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेशले लोकतन्त्र कमजोर बनाउने तर्क गरे ।
“अहिलेलाई नेकपा एमाले विभाजन गरेर केही पार्टीका नेताहरूले आत्मसन्तुष्टि त लेलान् तर समय क्रममा आत्मसन्तुष्टि लिनेहरूकै पार्टी विभाजनका लागि यो अध्यादेश भर्‍याङ बन्न सक्छ,“ उनले भने ।
संविधान र कानुन मिचेर लोकतन्त्र कमजोर बनाउन खोजिएको भन्दै भट्टराईले त्यस्ता गतिविधिको एमालेले जनताको बीचमा भण्डाफोर गर्ने बताए ।
विश्लेषक श्रेष्ठ अध्यादेशले देउवा र ओली दुवैलाई नैतिकताको सङ्कट देखिएको बताउँछन् ।
“उनले केपी ओलीले ल्याउँदा विरोध गरे अहिले ओलीकै सिको गरेर ल्याएका छन्। केपी ओली त्यसको विरोध गर्दै छन्। यो भनेको त दुवैथरीमा नैतिकताको अनिकाल भएको भयो ।”

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि