२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

विकास नगरेको भन्दै जनताले ‘वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे’


जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन्। छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन्।
मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिड्न कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।
मोहनिया नगर परिषद्को वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्षसहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।
वडा नं १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्षलाई बिजुलीको खम्बासँग बाँधेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि