३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

भरतपुर महानगरमा गुणस्तरहीन कालोपत्रे स्थानीयले ‘कार्पेट पल्टाएजसरी उप्काइदिए’


चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन् ।
कालोपत्रे गरिएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरूप कालोपत्रे उप्काइदिएका हुन् ।
शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा र गौतम निर्माण सेवा भरतपुरले महानगरसँग एक करोड ९४ लाख ७४ हजार आठ सय ८१ रुपैयाँमा महानगरका वडा नं. ५, २१, २५ र १३ करिब तीन किलोमिटर सडक कालोपत्रेको सम्झौता गरेको थियो । तर, तीन सय मिटर कालोपत्रे भएपछि स्थानीयले गुणस्तरीय काम नभएको भन्दै निर्माण कार्य रोकेका छन् । अहिले निर्माण कम्पनीले समेत निर्माण उपकरणहरू फिर्ता लगिसकेको छ ।
कालोपत्रे गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको भरतपुर महानगरपालिका- १३ का वडाध्यक्ष प्रकाश दवाडीले बताएका छन् । उनले भने – ‘बेस राखेर काम गर्दादेखि नै कमजोरी भएको देखिन्छ । अरू समयमा नभए पनि पिच गर्ने समयमा हामीलाई जानकारी दिनुपथ्र्यो । तर, त्यो जानकारी पनि मिलेन ।’
ठेकेदारकै लापरबाहीले सडकमा समस्या भएको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्न लामिछाने बताउँछन् । ‘हिलो र पानीमाथि कालोपत्रे गरिएको छ । प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको देखिन्छ,’ उनले भने। लामिछानेका अनुसार महानगरले ठेकेदार कम्पनीलाई फेरि कालोपत्रे गर्न निर्देशन दिएको छ । निर्माणको जिम्मा लिएका ठेकेदारलाई सम्पर्कमा ल्याउन नसकिएपछि पेटी ठेकेदार हरि दाहालले गल्ती स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि