५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

नेपालको साथ छोडेका नेताहरू ‘ओलीसँगै बस्ने भए’


काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । भोलिका लागि बोलाइएको बैठकमा माधवकुमार नेपाल समूहसँग गएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
भोलि ११ बजे बैठक बस्ने ज्ञवालीले जानकारी दिए । आज बालकोटमा भएको छलफलपछि पार्टीभित्र देखिएको समस्या समाधान हुने उनले दाबी गरे । एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउनको लागि बैठक बोलाएको उनले बताए । माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेकाले फर्किने सम्भावना नरहेको पनि उनको भनाइ छ ।
नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकणर् विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने सहमति भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि