३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

अबिरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासियो, सेतीमा बन्यो ठुलो ताल (हेर्नुहोस)


पोखरा । पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै वर्षा भएको छ । बिहान ८ः४५ मा जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको २४ घण्टाको देशरभरको मौसमी विवरणमा पोखरामा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । यस वर्ष अहिलेसम्म यो नै २४ घण्टामा सबैभन्दा धेरै पानी परेको रेकर्ड हो ।

महेन्द्रपुलमा भासियो जमिन

अबिरल वर्षा पछि पोखराको व्यस्त बजार महेन्द्रपुलमा जमिन भासिएको छ । महेन्द्रपुलको सेलवेज पारी सडक भासिएर भ्वाङ परेको छ । जमिन भासिदा घरसँगैको सडकको पेटी पनि दबेपछि घर पनि जोखिममा परेका छन् ।
जमिन भासिएको ठाउँ पुर्ने काम अहिले भइरहेको छ । राति नै जमिन भासिएको जानकारी पाएपछि वर्षाको भेल नियन्त्रण गर्ने काम भएको थियो ।
ठूलो वर्षा भइरहँदा नालाको मुखदेखि पालिखेचोकहुँदै आएको भेलले महेन्द्रपुलमा जमिन खोतल्दा भ्वाङपरेको हो । पानीको उचित व्यवस्थावन नहुँदा पोखराको ठाउँ ठाउँमा बेलाबेलामा जमिन भाँसिने गरेको छ । जमिन भाँसिदा ४ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वर्षा याममा जमिन मुनिको चुन पग्लिदा भ्वाङ पर्ने समस्या

१२ हजार वर्ष अघि र ८ सय वर्षअघि कचौरा जस्तो पोखरा उपत्याकामा अन्नपूणर् हिमशृङ्खलाबाट आएको भीषण बाढीले गेगर, ढुङ्गा, बालुवा र चुनयुक्त लेदो बलौटे माटो थुपारेको हो ।
यही भौगोलिक संवेदनसिलतालाई ध्यानमा राखेर पानीको उचित व्यवस्थापन र विकास निर्माणको काम हुनुपर्ने पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेका जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ बताउँछन् ।

सेतीमा ताल बन्यो, फेवातालको सतह पनि बढ्यो

पोखरामा गत २४ घण्टामा अहिलेसम्म यस वर्षकै सबैभन्दा धेरै पानी पर्दा साँघुरो सेतीको गल्छी कारण पानी थुनिँदा पोखराको रामघाटमा ताल बनेको छ । ठूलो वर्षाको कारण फेवातालको सतह पनि बढेको छ । तालमा पर्यटकलाई लक्षित गरेर राखिएका डुंगा पानीले भरिएका छन् । सोमबार बिहान फेवातालमा पुग्दा डुंगा व्यवसायी पानीले भरिएको डुंगाको पानी फ्याँक्न व्यवस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि