३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

पेट्रोलियम पदार्थको मुल्य भारतले घटाएर पठाउँदा पनि नेपालमा वृद्धि, ‘चर्को कमिसनको चलखेल’


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयत निगमले भने मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ ।
आजबाट पेट्रोल १३०, डिजेल र मट्टीतेल समान ११३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ ।
विश्व वजारमा कच्च तेलको मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमलाई पछिल्लोपटक ३२ साउनमा नयाँ मूल्य पठाउँदा पेट्रोल र डिजेल क्रमशः ३० पैसा र ७५ पैसा घटाएर पठाएको थियो ।
त्यसअघि पनि १७ साउनमा नयाँ मूल्य पठाउँदा अघिल्लोको तुलनामा पेट्रोल ९९ पैसा र डिजेल एक रुपैयाँ चार पैसा घटेर आएको थियो । यसरी एक महिनाको अवधिमा आइओसीले पेट्रोल एक रुपैयाँ २९ पैसा र डिजेल एक रुपैयाँ ७९ पैसा सस्तो मूल्यमा पठाइसकेको छ ।
तर, निगमले यसबीचमा दुईपटक गरेर पेट्रोल र डिजेलमा चार-चार रुपैयाँ मूल्य बढाएको छ । खासगरी अमेरिकाले अहिले कच्चा तेलको भण्डारण बढाएको छ । त्यस्तै, अमेरिकी अर्थतन्त्र नकारात्मक बन्दै गएको र कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्दै गर्दा फेरि एकपटक विश्व अर्थतन्त्र धराशयी हुने तथा पेट्रोलियमको माग घट्ने प्रक्षेपणका आधारमा कच्च तेलको मूल्य घटिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा छिमेकी भारतमा पनि तेल सस्तिन थालेको छ । पछिल्लो एक सातामा मात्रै भारतमा आइओसीले डिजेलको मूल्य चारपटक गरेर भा रु. ८० पैसा घटाइसकेको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । तर, नेपाली बजारमा आयल निगमले अन्तर्राष्ट्रिय बजारको घट्दो मूल्यअनुसार सहुलियत दिनुको सट्टा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको छ ।
आयल निगमले एक विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको तर्क गरेको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड नौ लाख रुपैयाँ नोक्सान हुने निगमको दावि छ । मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६४ रुपैयाँ प्रतिलिटर नोक्सान रहेको दाबी गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी प्रतिसिलिन्डर चार सय २० रुपैयाँ नोक्सान रहेको निगमको दाबी छ ।

चर्को कमिसनको चलखेल

यसो भन्छ समाचार स्रोत : सिस्टममा चल्ने हो भने निगम फाइदामा जाने निश्ति छ । आयाल निगम किन भन्नुहुन्छ तपाईहरु, यो त घायल निगम हो । निगमलाई घाइते बनाएर धेरैले रस चुसेका छन् । हरेक राजनीतिक दलको चन्दा संकलन गर्ने प्रमुख पार्टी हो आयल निगम । उनीहरुलाई चन्दा दिइएन भने पद धरापमा पर्छ । बाध्य भएर कतैन कतैबाट रकम जोहो गर्नपर्छ । त्यसका लागि निगमलाई घाटामा देखाउनु पर्यो । चन्दा दिन पर्यो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि