१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

धनुषामा ‘बुवा र श्रीमतीको हत्या’ गरेर खाल्डोमा गाड्ने युवक पक्राउ


जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए ।
२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि