५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

ओलीलाई वामदेवको आरोप : राष्ट्रपतिलाई दुरुपयोग गरेकोमा ‘चरम असन्तुष्टि’ (हेर्नुहोस १० आरोप)


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चार दशकदेखि सहकार्य गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन् । उपाध्यक्ष गौतमले ओलीको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउदै आफैं संलग्न भएर निर्माण गरेको नेकपा एमाले र ओलीसँगको चार दशक लामो सहयात्रा परित्याग गर्नुपरेको बताएका छन् ।
शुक्रबार पार्टीका सबै पदबाट राजीनामा गर्दै गौतमले ओलीमाथि दश आरोप लगाएका छन् ।

यस्ता छन् ओलीमाथि गौतमका १० आरोप :

१. तपाई पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन ।

२. नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट तपाई पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएपछि तपाईले नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन गर्नुभएन ।

३. नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणालाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकालभरी त्यसलाई लागू गर्नुभएन ।

४. तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।

५. जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’ को सिद्धान्तलाई परिपालन गर्नुभएन । जननेता मदन भण्डारीका नवीन सोच कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरित जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाई जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई-दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो ।

६. तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनु भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ’सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’ लाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए । तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरु पनि दिए । तर तपाई सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।

८. आफ्ना समकक्षी कमरेडहरुलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कार्यवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अङ्गाल्नुभयो ।

९. त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निणर्यहरु कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो ।

१०. म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पाटीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु । फेरि पनि तपाई सँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूणर् रहोस् भन्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि