५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

काङ्ग्रेस-एमालेबीच मुलुकलाई चुनावमा लैजानेबारे छलफल, चुनावी सरकारको नेतृत्वमा को ?


(तस्बिर : फाइलबाट)

काठमाडौं । नेपाली कांग्रेसका र नेकपा (एमाले) बीच मुलुकलाई चुनावमा लैजाने गरी नयाँ शिराबाट छलफल भएको छ । स्रोतकाअनुसार पछल्लिो समय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग सम्बन्ध सुधारको प्रयास थालेका छन् । उनले आफ्ना विश्वासिला नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न ओली निवास बालकोटमा पठाएका थिए ।
पछिल्लो समय सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी मन्त्रालय भागबण्डालाई लिएर सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको बुझिएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने सवालमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भद्र सहमति रहेको चर्चा भैरहेको छ ।
प्रधानमन्त्री देउवाले चुनावमा मुलुकलाई अघि बढाए त्यसमा ओलीले पनि साथ दिने तयारी बुझिएको छ । एमालेका प्रभावशाली नेता शेरधन राईले पनि चुनावमा मुलुकलाई लैजाने प्रस्ताव आए आफ्नो पार्टीले स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । बरु, चुनावी सरकार कांग्रेस-एमालेको बनाउन सकिने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्दा पनि कुनै आपत्ति नहुने राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि