५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

नेपाली काँग्रेसले टुङ्ग्यायो ८ वटा जिल्लाको सदस्यता विवाद


काठमाडौं । नेपाली काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् ।
सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निणर्य लिएको छानविन समितिका एक अधिकारीले जानकारी दिएका छन् । तर निर्वाचन समितिले ८ जिल्लाको सदस्यता नामावली बुझेको भने छैन । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ ।
२० वटा जिल्लाको सदस्यता नामावली किस्ता किस्तामा नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अडान छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि