५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

मुख्य राजनीतिक दलबाटै जनस्वास्थ्यका मापदण्ड उल्लंघन, ‘रोगको त्रास अझ बढ्दै’


नेकपा (एमाले) को विधान अधिवेशनको भीड

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायम छ । संक्रमण दर कम भए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पूणर् रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकाले चाडपर्व, सभा सम्मेलनका नाममा भिडभाड नगर्न आह्वान गर्दै आएको छ । तर, सरकारमा रहने दल हुन् वा प्रतिपक्ष दलहरुले महामारीकै समयमा कार्यकर्ता भेलादेखि सभा, सम्मेलन आयोजना गरेर जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरिरहेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रयि सम्मेलन

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्ताको भिडमा न त सामाजिक दूरी कायम थियो, न त सही रुपमा मास्कको प्रयोग नै गरिएको थियो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कमलादीमा भइरहेको सम्मेलनका लागि देशभरबाट २२ सयको हाराहारीमा प्रतिनिधि सहभागी छन् ।
अर्कोतिर हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ नजिकिएकाले बजारमा निकै भिडभाड बढेको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकै समयमा जनस्वास्थ्यका मापदण्ड पालना नगरी यस्ता कार्यक्रम र भिडले संक्रमण दर बढाउन सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाले काभ्रेको बनेपामा गरेको कार्यक्रम

वर्तमान समयमा कोरोना संक्रमणलाई कम गर्ने अवसर भए पनि चुक्ने स्थिति सिर्जना भएको जनस्वास्थ्यविद्हरुको भनाइ छ ।
रोगको त्रास अझ बढ्दै
कोरोनाविरुद्धको खोप लक्षित जनसंख्यामध्ये २९.१ प्रतिशतले मात्रै लगाएका छन् । एकथरीमा थाहा पाएर वा नपाएर कोरोना संक्रमित भई एन्टिबडी विकास भएको छ भने अर्काथरी संक्रमित पनि नभएका र खोपको पहुँच पनि नपुगेको अवस्थामा छन् । त्यसैले महामारी कायम रहँदा ठूलाठूला जमघटमा असावधानी अपनाउँदा संक्रमण दर बढ्ने सक्ने खतरा उच्च भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि