१५ बैशाख २०८१, शनिबार / Sat Apr 27, 2024

प्रसारण लाइन नबन्दा नेपालमा उत्पादित बिजुली खेर जाने अवस्था, ‘सरकारको पहल शुन्य’


काठमाडौं । प्रसारण लाइन नहुँदा नेपालमा उत्पादित बिजुली खेर जाने अवस्थामा पुगेको छ । यो विषयले चर्चा पाएँ सँगै नेपालमा पूर्वाधारको विकासबारे बहसलार्ई पुनः सतहमा ल्याइदिएको छ ।
असोज पहिलो साता नवलपरासी पुगेका बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले “प्रसारण लाइन नहुँदा विद्युत् खेर गएको बताएको“ खबरहरू आएका थिए ।
विद्युत प्राधिकरणका अधिकारीहरूका अनुसार पनि कैयौँ स्थानमा अहिले पनि प्रसारण लाइन बन्न नसक्दा पूणर् क्षमतामा विद्युत उत्पादन गरेर पठाउने अवस्था बनेको छैन । त्यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा ग्राहकसम्म पुर्‍याउन नसक्दा पनि प्राधिकरणले उत्पादकलाई भने रकम तिर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
यद्यपि ऊर्जा मन्त्रालयका अधिकारीहरुले भने प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि पहल जारी रहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि