५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

सत्तारुढ दल नेपाली काङ्ग्रेसभित्रै मन्त्रीका लागि लफडा, ‘कुन समूहबाट को मन्त्री ?’


काठमाडौं । सकारमा पौडेल पक्षलाई दुई मात्रै मन्त्री दिने भएपछि कांग्रेसको यो पक्षभित्रै लफडा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल पक्षलाई २ र कृष्णप्रसाद सिटौला पक्षलाई एक मन्त्री दिने भन्दै नाम मागेपछि पौडेल पक्षमै किचलो भएको हो ।
पौडेल पक्षबाट रामचन्द्र पौडेलले दिलेन्द्रप्रसाद बडु, महामन्त्री डा. शशांक कोइरालाले डा. मीनेन्द्र रिजालको नाममा सहमति जनाएका छन् । तर, अर्का प्रभावशाली नेता प्रकाशमान सिंहले पनि आफ्नो तर्फबाट राजन केसीलाई मन्त्री बनाउन चाहेपछि कांग्रेसमा किचलो भएको हो ।
‘प्रधानमन्त्रीले जम्मा दुईवटा मन्त्रालय दिने भन्ने तर हाम्रोले मागेर पनि तीनवटा मन्त्रालय नपाउने अवस्था आएको छ’ महामन्त्री डा. शशांक कोइराला निकट स्रोतले भन्यो, ‘तीनको सट्टा दुईवटा मात्रै मन्त्री पाउने भएपछि हाम्रै टिममा समस्या आयो । अन्तिमसम्म पनि सरकारमा जान्छौं पनि भन्न नसक्ने र जाँदैनौं पनि भन्न नसक्ने अवस्था आउनु भनेको राम्रो होइन ।’
दुई मात्रै मन्त्रालय पाए सरकारमा नै नजाने गरी शशांक कोइरालाबाहेक नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आफ्नो समूहमा दबाब बढाएका छन् ।
आफ्नै पार्टीको नेतृत्व भएको सरकारमा जाँदा पार्टीभित्रै समस्या आउनुले नराम्रो सन्देश जाने शशांक निकट स्रोतको भनाई छ । पौडेल पक्षबाट तेजुलाल चौधरी पनि मन्त्रीका लागि उत्तिकै दाबेदार छन् । मन्त्री बन्न उनी पनि पौडेल, शशांक र सिंहको निवासमा धाइरहेका छन् ।
यता पौडेल र सिटौला पक्षलाई ३ मन्त्रालय दिएर आफ्नोतर्फबाट पनि एक मन्त्री थप्ने देउवाको दाउ छ । आफ्नो तर्फबाट मन्त्री थप्न सक्दा पुष्पा भुसाल वा उमा रेग्मीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी देउवाको छ ।
यस अघि देउवाले आफ्नो तर्फबाट मानबहादुर विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी गरेका थिए । गण्डकी प्रदेशमा दोबाटे विश्वकर्माको नाम अन्तिम समयमा काटेका देउवाले त्यसैको क्षतिपूर्तिस्वरुप दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई मन्त्री बनाउने चर्चा यस अघि भएको थियो ।
यता सिटौला समूहबाट भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक नेता मन्त्री बन्दैछन् ।
माओवादी र नेकपा एसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याइएका सकेका छन् । कांग्रेस र जसपालाई भने मन्त्रीको नाम चयन गर्नै समय लागेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि