२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

सर्वाेच्चमा २८,६२६ थान मुद्दा फैसलाको प्रतिक्षामा, अदालत भने ‘आन्दोलनको भुमरीमा’


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीवारको निम्ति आफ्नो एकल इजलास र आफूविरुद्ध उत्रिएका भनिएका न्यायाधीशहरू सम्मिलित संयुक्त, पूर्ण र वृहत पूर्ण इजलास तोकेका छन् ।
विद्रोहमा उत्रिएका एक न्यायाधीशका अनुसार कतिपय न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनहरू हेर्ने कि भन्ने पक्षमा छन् ।
प्रधानन्यायाधीशले राजीनामा पनि नदिने अनि आफूहरू पनि मुद्दा नहेरी आन्दोलित भइरहँदा सेवाग्राहीलाई सास्ती दिएको आरोप लाग्नुका साथै नैतिक सङ्कटमा पर्ने अवस्था आउने चिन्ता अर्का न्यायाधीशले व्यक्त गरेका छन् ।
असन्तुष्ट न्यायाधीशहरू आइतवारदेखि इजलासमा बसेका छैनन् । बन्दी प्रत्यक्षिकरण रिट निवेदन पनि बिहीवारको पेशीमा परेका थिए ।
सर्वाेच्च अदालतकाअनुसार त्यहाँ फैसलाको प्रतीक्षामा रहेका मुद्दाको संख्या २८ हजार ६२६ छ ।
एक दशकअघि नौ हजारको हाराहारीमा रहेको विचाराधीन मुद्दाको संख्या करिब पाँच वर्ष न्यायाधीशको संख्या निकै कममा खुम्चिएपछि २० हजार पुगेको थियो ।
मुद्दाको संख्या घटाउने दबावमा रहेको सर्वाेच्चमा प्रधानन्यायाधीश राजीनामा नदिने अडानमै छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि