५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच झडप, ‘कानुन व्यवसायी सामान्य घाइते’


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको नेपाल बार एशोसिएशनले जनाएको छ ।
सर्वाेच्च अदालतले भने घटनाबारे तत्काल प्रतिक्रिया जनाउन मानेन ।
आफूहरूले विगतदेखि नै शान्तिपूर्ण रूपमा विरोध जनाउँदै आएको भए पनि बिहीवार उपस्थित वकिलहरूको संख्या धेरै भएकाले अदालतमा धर्ना दिने क्रममा माइक समेत राखेर कार्यक्रम गर्न खोजिएको तर प्रहरीले हस्तक्षेप गरेको बारका महासचिव लीलामणी पौडेलले जानकारी दिए ।
आफूहरूले त्यस्तो नगर्न आग्रह गर्दा प्रहरीले लट्ठी प्रहार गरेको र त्यसपछि दुई पक्षबीच धकेलाधकेल र हातपात भएको उनको भनाइ छ ।
त्यस क्रममा आफूसहित पाँच जना कानुन व्यवसायीहरू सामान्य घाइते भएको पौडेलले बताए ।
बारले प्रधानन्यायाधीशविरुद्ध अभियान जारी राख्ने उनको भनाइ छ । प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन दबाव परेको देखिएको छ । मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो ।
सर्वाेच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन् । उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
तर त्योसहित विभिन्न विषय उठाउँदै नेपाल बार एशोसिएशन, सर्वाेच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि