२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, ‘कमल थापा भन्छन् : दरबारको कारण हारे’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
राप्रपाको महाधिवेशनमा निर्वाचन प्रमुख हरिबहादुर बस्नेतले बताए अनुसार लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन् ।
गत बुधवारदेखि काठमाण्डूमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम आज प्राप्त भएको हो ।
पार्टी प्रवक्ता मोहनबहादुर श्रेष्ठले जनाए अनुसार लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन् । कुल मतदाता करिब ३८ सय रहेका थिए । त्यसमध्ये ४३१ मत बदर भएको बताइएको छ ।
कमल थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो हार स्वीकार गरेका छन् । थापाले ट्वीट गर्दै दरबारले खेलेका कारण आफूले हारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि