२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

शैलुङ्गेश्वरी साकोसको ७ औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न


काठमाडौँ । शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था ली.को सातौँ बार्षिक साधरण सभा तथा संस्थाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि चौरीदेउराली गाउँपालिका वडा नं. ३, माझिफेदाका वडाध्यक्ष चित्रप्रसाद चौलागाईं हुनुहुन्थ्यो । साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
तेस्रो अधिवेशन तथा सातौं साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति अध्यक्षमा बिरबल गौतम, उपाध्यक्षमा षडानन्द गौतम, सचिवमा शिवप्रसाद ढुङ्गेल ,कोषाध्यक्षमा बेदप्रसाद गौतम, सह-सचिबमा रश्मि कुमारी खड्का, संचालक सदस्यमा उमादेवी चौलागाईं, कुमार गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुप्रसाद सापकोटा, सदस्यमा मित्रलाल चौलागाईं, कमलप्रसाद काफ्ले निर्विरोध निर्वाचित हुनु भएको छ ।


आ.व. ०७८/७९ सम्ममा संस्थाको शेयर पूँजी ३ करोड ३२ लाख ७६ हजार ३ सय, कुल निक्षेप संकलन ६ करोड, ६ लाख २४ हजार ५१५ सहित कुल वासलात ११ करोड ९१ लाख ५८ हजार ७४० रहेको रहेको । सोही आ.व. मा संस्थाले ६८ लाख १० हजार ७१४ आम्दानी गरेको छ । संस्थामा १०२७ जना शेयर सदस्य आबद्ध हुनुहुन्छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्र्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । साथै जेष्ठ नागरिकको सम्माननार्थ पोषिलो खानेकुरा तथा न्यानो कपडा पनि वितरण गरेको थियो ।
आगामी वर्ष संस्था अझै सक्रिय तथा तीव्र रुपमा सदस्यता विस्तार र वित्तिय विवरणहरुको प्रगति प्रतिशत वृद्धि गर्दै लैजाने संस्थाका प्रबन्धक दिपेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारीहरुले आगामी दिनहरूमा सस्थाको गतिविधिहरु र कारोबारलाई अझ सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि