५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

के नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन सुरु होला !


काठमाडौं । देशभर मन्द आर्थिक अवस्थाबारे विभिन्न टिकाटिप्पणी भईरहेका छन् । राष्ट्रको तीनखम्बे अर्थनीतिको एक खम्बा सहकारी क्षेत्रलाई पनि मानिन्छ । तर पछिल्लो समय सहकारी क्षेत्रमा आएको बिचलन, समस्याका कारण यो क्षेत्रका साख गिर्दाे अवस्थामा छ । यसको साख बलियो बनाई राख्न अभियानका तर्फबाट केन्द्रीय रुपमा पहल नभएको भनेर राष्ट्रिय सहकारी महासंघ घेराबन्दी लगायतका कार्यक्रमहरु पनि सहकारीकर्मीले गरिसकेका छन् ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसंग माग गरेकी छन्, ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङले शुक्रवार गरेको ‘सहकारीमा महिला सहभागिता’ विषयक जिल्ला स्तरीय गोष्ठीको उद्घाटन कार्यक्रममा मल्लले नयाँ वर्षबाट देशभर आन्दोलनको गर्ने बताएकी छन् । सहकारी अभियानले सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा न्यायाधिकरण स्थापना लगायतका ऐन कार्यान्वयनका माग राखेको उनले बताएकी छिन्, उपाध्यक्ष मल्लले सरकारले सहकारीका माग अब पनि सुनेन भने हामी चरणबद्ध आन्दोलन गर्ने तयारीमा रहेकाले नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन सुरु हुने बताइन् ।
यद्यपी यस्ता आश्वासन नेतृत्व तहबाट सहकारीकर्मीहरुले धेरै पटक पाईसकेका छन् । कतिपय सहकारीकर्मीले यस्ता भाषण लोकप्रियतामा लागि मात्र गरिएको भनेर समेत टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि